महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - आज विश्व रक्तदाता दिवस । 'यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ' भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ ।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले तीन हजारभन्दा धेरै रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ । दिवसको पूर्वसन्ध्यामा हिजो भएको भर्चुअल अन्तर्क्रियामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले कोरोना महामारीमा पनि रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहनुभएकोमा सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा एक सय ५२ पटक रक्तदान गर्नुभएकी नीता घिरइया ३५ वर्षदेखि विभिन्न महादेशमा गइ रक्तदान गरी रक्तदान गर्दै आउनुभएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्त्व माध्यमिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम युवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याङ्कहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।