पहिलो टी–२० क्रिकेट : न्युजिल्याण्डले श्रीलङ्कालाई ८ रनले हरायो
पुस १३, २०८१ शनिबार
रुपन्देही, जेठ १८ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका नाममा तानाशाह लाद्न खोजे सशक्त प्रतिरोध गर्ने बताउनु भएको छ ।
उहाँले प्रधानमन्त्री ओली बहुमतका आडमा अधिनायकवाद लाद्न उद्यत रहेको संकेत आइरहेको बताउँदै लोकतन्त्र र संविधान बचाउनका लागि कांग्रेस अविचलित रहने बताउनुभयो । रिर्पोटस क्लव पाँच नम्बर प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संसदमा सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन रहनु गल्ती भएको बताउदै बजेटका खराब पक्षको कांग्रेसले भण्डाफोर गर्ने बताउनुभयो ।
कांग्रेसलाई बलियो प्रतिपक्ष रुपमा स्थापित गराउन पार्टीभित्रै आमूल परिवर्तन आवश्यक रहेको उहाँको भनाई छ । पार्टीका पूर्व महामन्त्रीसमेत रहनु भएका सिटौलाले आगामी महासमितिको बैठकले कांग्रेसलाई नयाँ कार्ययोजनासहित कार्यदिशा दिने बताउँदै महासमितिलाई वैचारिक सम्मेलनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी नेतृत्व अपारदर्शी र अलोकतान्त्रिक बन्दै जानु दुखद भएको बताउनुभयो । बालकृष्ण ढुंगेललाई सरकारले माफी दिनु गलत भएको बताउँदै माफी दिनुअघि पीडित पक्षको सहमति आवश्यक भएको सिटौलाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।