एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – केही दिनदेखि लगातार परेको पानीका कारण देशका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धेरै राजमार्ग ठप्प भएका छन् ।
पहिरोले बैतडीको पुर्चौडी नगरपालिका ६ ढोलेको खोड्पे–बझाङ सडक खण्ड बन्द भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण बाग्लुङ–पोखरा सडक खण्ड पनि ठप्प छ ।
गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक खण्ड पनि पहिराेका कारण ठप्प भएको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ को भगाँरी खोलामा साेमवार राति पहिरो खसेपछि सडक बन्द भएको हो ।
त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ । सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।
ठाउँ–ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको इन्द्रेगौँडा–वामीटम्सार, रुद्रवेणी–पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकसमेत बन्द भएका छन् ।
यस्तै दुई दिनदेखिको वर्षाका कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड पनि ठप्प भएको छ । पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे–धुन्चे सडक खण्डको मूलखर्कमा ठूला–ठूला ढुङ्गा झरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशुली खोला, सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु–रसुवागढी सडक खण्ड अन्तर्गत तातोपानीमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।
यस्तै पहिरोका कारण काठमाण्डौ–फाकेल सडक खण्ड पनि बन्द छ । नवलपरासीको दाउन्नेमा भने मङ्गलवार बिहान खसेको पहिरो केही हटाएर एकतर्फी बाटो खुलाइएको छ । त्यसैगरी पृथ्वी राजमार्गको जोगीमारमा पनि पहिरो हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।