सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ ।
विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो ।
इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो । इजरायलले देशमा आगो प्रतिरोधी संयन्त्रलाई मजबुत बनाएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।