चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार (आज) ५२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर दुई हजार नौ सय ६९ दशमलव ७२ विन्दुमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले अस्वाभाविक रूपमा शेयरको भाउ बढेको भन्दै मङ्गलवार ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि त्यसको असर समग्र बजारमा देखिएको छ । आज बैंकिङ समूहको शेयर झन्डै साढे नौ अङ्कले, व्यापारको एक सय तीन अङ्कले, होटलको दुई सय दुई अङ्कले, विकास बैंकको एक सय ९४ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय ४९ अङ्कले घटेको छ ।
यस्तै फाइनान्स समूहको शेयर एक सय ७२ अङ्कले, जीवन बीमा समूहको चार सय पाँच अङ्कले, निर्जीवन बीमा समूहको चार सय तीन, उत्पादन समूहको दुई सय चार, अन्यको ७०, म्युचल फन्डकाे १५ र लगानी समूहको शेयर एक सय १० अङ्कले घटेको छ ।
समग्र बजार घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । दुई सय १९ कम्पनीका दुई करोड ८२ लाख कित्ता शेयर १५ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको झन्डै ६१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज १७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सीईडीबी हाइड्रो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।