सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको राजधानी जेनेभामा रहेको एक होटलमा केही बेरअघि उहाँहरूबीच भेट भएको बीबीसीले जनाएको छ ।
तिक्ततापूर्ण सम्बन्ध रहेका दुई शक्ति राष्ट्रका प्रमुखबीच भइरहेको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । गएको चार महिनादेखि दुवै नेताले एक–अर्काविरुद्ध व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए ।
राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षण प्राप्त ह्याकरहरूलाई साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाउनुभएको छ । साथै उहाँले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताउनुभएको छ ।
तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरूको खण्डन गरिरहनुभएको छ । दुई राष्ट्रपतिबीच केहीबेर कुराकानी भएपछि दुवै देशका विदेश मन्त्रीसहित वार्ता हुने र त्यसपछि दुवै देशका अरू प्रतिनिधिसहित कुराकानी हुने बीबीसीले जनाएको छ ।
राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुवै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्त्वपूर्ण कदम हुने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।