बाढी र पहिरोका कारण २१ वटा राष्ट्रिय राजमार्गमा क्षति, ‘अति आवश्यक पर्दा मात्र हिँड्नुस्’

 असार २, २०७८ बुधबार १९:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निरन्तरको वर्षाका कारण पहिरो र बाढी आउँदा देशका २१ वटा राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ । तीमध्ये सात वटा अहिले पनि पूर्णरूपमा बन्द छन् भने ११ वटामा एकतर्फी बाटो खुलाइएको सडक विभागले जनाएको छ । तीन वटाको भने अवरोध हटाइएको छ ।

गएकाे जेठ ३१ गतेदेखि बन्द भएको साँफेबगर–मार्तडी–कोल्टी सडक अन्तर्गत बाजुराको बर्जुगाड–कोल्टे अम्कोट सडक अहिले पनि पूर्णरूपमा बन्द छ । यस्तै डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत मनाङकाे तिमाङ् छहरामा पहिरो खस्दा जेठ ३१ गतेदेखि पूर्ण रूपमा बन्द रहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक अन्तर्गत बाजुराको हड्डेखोला रिला बलेनामा पनि हिजोदेखि सडक पूर्णरूपमा बन्द भएको छ । सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ्ग–राम्दी–स्याङ्जा–पोखरा जोड्ने बाटो अन्तर्गत पाल्पाको गौडेपुल, कालफमाटी, सिसुवामा हिजोदेखि बाटो पूर्ण बन्द रहेको छ ।

तानसेन–रिडी–कोरला सडक अन्तर्गत पाल्पाको ढुङ्गाखानीमा हिजोदेखि सडक बन्द भएको छ । मेलम्चीको बाढीले सिन्धुपाल्चोकको पाँचखाल–मेलम्ची–टिम्वु सडक आजदेखि पूर्णरूपमा बन्द भएको छ । पुष्पलाल राजमार्ग अन्तर्गत बाग्लुङकाे बोक्सेमा सडक पूर्णरूपमा बन्द भएको छ ।

पाल्पा, दैलेख, बैतडी, बझाङ, कालीकोट, सल्यान, पर्वत, बझाङलगायतका जिल्लामा बन्द भएका सडक एकतर्फी खुलाइएको सडक विभागले जनाएको छ ।

बाढी तथा पहिरो जाने क्रम चलिरहेकाले यस बेला जुनसुकै बेला पनि सडक बन्द हुन सक्ने जोखिम रहेकाले अति आवश्यकभन्दा बाहेक यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन सडक विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया