हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने

 असार ३, २०७८ बिहीबार ६:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । 

देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही  ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अहिलेको मौसम खुल्न अझै दुई/तीन लाग्ने तर पानी भने कम पर्ने मौसमविद् अर्यालको भनाइ छ । 

अबको २४ घण्टाभित्र प्रदेश-१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ । 

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया