महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जनामा चार हजार सात सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार नाै सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
यस्तै यस अवधिमा दुई हजार एक सय ४१ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेकाे छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ३९ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ९७ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।