इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएकाे छ । राेमानियाकाे नेशरन एरिनामा भएकाे खेलमा युक्रेनले नर्थ मेसेडाेनियालाई दुई–एक गाेल अन्तरले हराएकाे हाे ।
युक्रेनले पहिलाे हाफमा नै दुई गाेल गरेकाे हाे । युक्रेनका लागि खेलकाे २९ औँ मिनेटमा एन्ड्रीय यार्माेल्नेकाेले र ३४ औँ मिनेटमा राेमन यारेमचुकले गाेल गर्दै पहिलाे हाफमा टिमलाई दुई–शून्यकाे अग्रतामा राखेका थिए ।
तर दाेस्राे हाफकाे ५७ औँ मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियाकाे खाता खाेले । म्यासेडोनिया खेलमा फर्किने सङ्केत गरे पनि थप गाेल गर्न नसक्दा हार बेहाेर्न पुग्याे ।
जितसँगै समूह ‘सी’ मा रहेकाे युक्रेन दुई खेलमा तीन अङ्क जाेड्दै तालिकाकाे तेस्राे स्थानमा छ भने दुई खेल नै हारेकाे म्यासेडोनिया पुछारमा छ । याे जितपछि युक्रेनले समूह चरण पार गर्ने सम्भावना कायमै रहँदा लगातार दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना कम भएकाे छ ।
प्रतियाेगितमा आज राति पाैने दश बजे डेनमार्क र बेल्जियम तथा राति पाैने एक बजे नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।