यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठककाे निर्णय

 असार ४, २०७८ शुक्रबार २०:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदाै १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदाै १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । 

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन भदाै १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । नेता महतले भन्नुभयो, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस्, संविधानको रक्षा होस् र त्यसमा जाेडिन चाहनेहरूलाई एक बनाएर लैजाने पार्टीकाे बैठकले निर्णय गरेकाे छ । वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेकाे छ, त्यसको विरुद्ध माेर्चा बनाउँछाैँ ।’

उहाँले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिको विषयमा छलफल भइरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया