इरान चुनाव : राष्ट्रपतिमा रइसी निर्वाचित भएपछि इजरायलकाे चिन्ता

 असार ६, २०७८ आइतबार १५:१२:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएपछि इजरायलले चिन्ता व्यक्त गरेको छ । रइसी अहिलेसम्मकै कट्टर राष्ट्रपति रहेको र उहाँले इरानको परमाणु गतिविधिमा बढावा दिने भन्दै इजरायलले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । 

इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लिओर हायतले अन्तर्राष्ट्रिय समुदायले रइसीलाई निर्वाचित गरेको इरानको चुनावप्रति चासो व्यक्त गर्नुपर्ने पनि बताउनुभएको छ । ६२ प्रतिशत मत ल्याएर राष्ट्रपति पदमा निर्वाचित रइसीले आउँदो अगस्ट महिनामा पदको शपथ लिनुहुने छ । 

इरानका मुख्य न्यायाधीश रहनुभएका रइसीमाथि राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिएको आरोप छ । रइसीलाई अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाएको छ । 

जितपछि रइसीले क्रान्तिकारी तथा भ्रष्टाचार विरोधी सरकार गठन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । इजरायललगायतले इरानले परमाणु कार्यक्रमलाई बढावा दिने चिन्ता व्यक्त गरे पनि इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।   

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया