दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ : प्रधानमन्त्री ओली

 असार ७, २०७८ सोमबार १६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेनाविरुद्धकाे लडाइँलाई पराजित गर्ने बताउनुभएकाे छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको कारण योगको महत्त्व झनै बढेको बताउनुभएको छ । उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यति बेला योगको असाधारण महत्त्व छ । कोभिड–१९ बाट यति बेला व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादी बनाउन, जीवनलाई वस्तुपरक ढङ्गले जीवनका रूपमा हेर्न र बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आउने पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सांस्कृतिक पतन महामारीका रूपमा फैलिएको छ, यसमा हामीले हाम्रो सिङ्गै समाजलाई सम्झाउन सकेनौँ, हाम्रो नयाँ पिढीलाई सम्झाउन सकेनौँ, अरूको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ । कानुन तोड्नुलाई गर्वको विषय बनाउँछौँ । याे अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया