खो–खो विश्वकपमा नेपाली पुरुष टाेलीकाे तेस्रो जीत
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खाेजेकाे आराेप लगाउनुभएकाे छ । साेमवार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ताे आराेप लगाउनुभएकाे हाे ।
उहाँले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि 'भ्याकेट' मा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने बताउनुभएकाे छ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट (पुनरावेदन) का लागि निवेदन दिनुभएकाे छ । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो ।
‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शङ्का उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो’, उहाँले भन्नुभएकाे छ ।
नेता नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ सहजै देख्न सकिने बताउनुभएकाे छ ।
साथै उहाँले असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।