उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद रहेकोमा विश्वास प्राप्त गर्न १ सय ७५ सदस्यको मत आवश्यक थियो । तर एक सय ८१ जनाले प्रस्तावको विपक्ष अर्थात अविश्वास प्रस्तावको समर्थनमा मत दिएका रोयटर्सले जनाएको छ ।
योसँगै स्वीडेनमा संसद विघटन हुने खतरा टरेको छ । संसद विघटन भएको भए एक वर्ष अगाडि नै आम चुनावमा जानुपर्ने अवस्था आउने थियो । विपक्षले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने लोफभेन स्वीडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ ।
वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अब उहाँले अर्को सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।