लगानी बोर्डद्वारा ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत

 असार ८, २०७८ मंगलबार १८:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औँ बैठकले ५४ करोड अमेरिकी डलर लागतमा बन्ने दुई सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् परियोजनाका लागि लागत स्वीकृत गरेको छ । 

यस्तै एक सय ३९ मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड ४० लाख गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएकाे हो । बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको देशकै सबैभन्दा ठूलो औद्योगिक पार्क चीन–नेपाल मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता पीडीएका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले सङ्खुवासभामा निर्माण हुने ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ । 

त्यसैगरी बैठकले सात सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।    

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया