पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – असारलगत्तै नयाँ शैक्षिक सत्र सुरु भएको छ । धेरै विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन थालिसकेका छन् । तर कोरोना महामारी कायम नै रहेकाले गएको वर्षजस्तै यो वर्ष पनि पठनपाठन प्रभावित हुन्छ कि भन्ने धेरैले चिन्ता गरेका छन् । गएको वर्ष ग्रामीण क्षेत्रका धेरै विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित हुनुपरेको थियो । फेरि कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने आंकलन भइरहेको छ । त्यसैले तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सम्भावना देखिँदैन ।
गएको वर्षजस्तै अवस्था रहे यो वर्ष पनि ग्रामिण क्षेत्रका धेरै बालबालिका सिकाइबाट बञ्चित हुने पक्का छ । वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । र अहिलेदेखि नै त्यसको तयारीमा सरकार लाग्नुपर्ने उनीहरुको भनाई छ । बेलैमा सरकारले यसबारे नसोचे गएको वर्षको जस्तै गरी पढाई भद्रगोल हुन सक्ने भन्दै विज्ञ र अभिभावक चिन्तित भएका हुन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा गएको वर्षकै जस्तो वैकल्पिक विधिबाट चल्नुको उपाय नभएको बताउनुहुन्छ । त्यसका लागि अघिल्लो वर्ष नै ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका– २०७७’ जारी गरिसकिएकाले त्यसैमा टेकेर पढाइ गराउनुपर्ने उहाँको भनाइ छ ।
‘एउटा विद्यालयमा प्रविधिको पहुँचका आधारमा पाँच किसिमका विद्यार्थी हुन सक्छन् भनेर निर्देशिकामा स्पष्ट भनेको छ । तिनलाई पहिचान गरेर विद्यार्थीलाई अनुकूल उपाय अपनाएर पढाउनु पर्छ । कसलाई, कसरी पढाउने भनेर निर्देशिकाले मार्गनिर्देश गरेको छ’ उहाँले भन्नुभयो ।
निर्देशिकामा रहेको पाँच समूहमध्ये पहिलो नम्बरमा ग्रामिण क्षेत्रका बालबालिकाका लागि के गर्ने भनेर प्रस्ट रुपमा भनिएकाले त्यसैअनुसार बालबालिकालाई पढाउनुपर्ने उहाँले बताउनुभयो । स्रोत, साधनले भ्याए अनुसार र अहिलेको परिवेश अनुसार मन्त्रालयले पालिकाहरुसँग समन्वय गरिरहेको छ र आवश्यक परेमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।
शिक्षाविद्हरु भने पोहोरको जस्तो अवस्था आउन नदिन अहिलेदेखि नै तयारी थालिहाल्नुपर्ने बताउँछन् । शिक्षाविद् सन्तोष गौतम सरकारले सुरुदेखि नै शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुहुन्छ । गएको वर्ष धेरैतिरका विद्यार्थी शिक्षण सिकाइबाट टाढिएकाले यस वर्ष बेलैमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । अघिल्लो शैक्षिकसत्र अलमलमा परे पनि यस वर्ष भने केही सहज भएको उहाँ बताउनुहुन्छ । तर प्रविधि नभएको ठाउँमा पनि प्रविधिको पहुँच बढाएर वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।