चीनमाथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरूलाई मासिक रूपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रूपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलकाे नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, ‘खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त हो । खेलाडीलाई मासिक रूपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहन्छु । फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरू नियमित प्रशिक्षण पनि नभएको चर्चा चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहन्छु ।’
उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । दीर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओलम्पिक यात्राका लागि हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्दछ । कतिऔँ ओलम्पिकसम्म पुग्दा हाम्रा खेलाडीहरूले समूह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कतिऔँ ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दीर्घकालीन योजना बनाएर लगानी गर्नुपर्छ ।’
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राखेको बताउनुभयो ।
उहाँले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।