लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित

 असार ९, २०७८ बुधबार १५:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको आज (बुधवार) को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि असार १ गते प्रस्तुत भएको बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । आठौँ अधिवेशनको १० औँ बैठक विशेष कारणले स्थगित भएकाले सभामुखको निर्देशनअनुसार आउँदो २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया