भारतमा ५० हजार नयाँ सङ्क्रमित थपिए

 असार १३, २०७८ आइतबार १२:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले चेतावनी दिएका छन् । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया