कैलालीको टीकापुरमा वडा एकलाई विभाजन गरी थप्नेबारे विवाद

 असार १९, २०७८ शनिबार १२:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर नगरपालिकामा वडा विभाजनबारे विवाद भएको छ । दलहरुबीच पटक पटक वडा एकलाई टुक्राएर ४, ५ र ६ वटा थप्ने छलफल भएको छ । तर पछिल्लो पटक वडा एकलाई ६ वटा वडा बनाउने सहमति भएको भनिए पनि वन गाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमति विवादमा परेको छ । त्यस्तै दुईलाई पनि टुक्राएर अर्को एउटा थप वडा बनाउने तयारी छ ।

अहिले टीकापुर नगरपालिकामा ९ वटा वडा छन् । ठूलो वडा रहेका एक र दुईलाई टुक्राउने दलहरुबीच सहमति भए पनि कतिसम्म वडा बनाउने टुङ्गो लागेको छैन । नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले वडा विभाजन जस्तो गम्भीर विषयमा बृहत् छलफल हुनुपर्ने बताउनुभयो ।

सबैका आ–आफ्नै समस्या, स्वार्थले समस्या पारेको एमालेका स्थानीय नेता श्याम खत्रीको भनाइ छ । राजनीतिक दलबीच सहमति भए पनि सबै दलमा आबद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले आज बस्ने नगर सभामा निर्णय हुने/नहुने अन्योल छ । वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्यका अनुसार आज १ बजे नगर सभा बस्दैछ । नगर सभाको दुई तिहाइले पारित गर्नुपर्ने भएकाले जे अवस्था आउँछ त्यही हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया