थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडकमाथिबाट आएको पहिरोले गएरातिदेखि सडक बन्द भएको थियो ।
पहिरो पन्छाएपछि सडक खुलेको र रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष मनसुन सरु भएदेखि नै मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिराले असर पुर्याउँदै आएको छ । सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि पनि ठूलो ढुङ्गासहित खसेको पहिरो हटाउन एक हप्ता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो ।
कुश्मा–८ चुवा दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गको ठेक्का लिएको लामा कन्स्ट्रक्शनको गाडीसहित इञ्जिनियर र चालक बगाएर बेपत्ता बनाएको थियो । मोदी खोलामा पुगेको अवस्थामा गाडी भेटिएको भए पनि दुई जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।