श्रीलंकाली राष्ट्रपति सिरिसेना काठमाडौंमा

 भदौ १३, २०७५ बुधबार १५:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार दिउँसो राजधानी काठमाडौं आइपुग्नुभएको छ । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । अति विशिष्ट पाहुना सिरिसेनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । 

मैत्रीपाला सिरिसेना सन् २०१५ मा श्रीलंकाको राष्ट्रपति बन्नुभएको हो । त्यसभन्दा अघि उहाँ श्रीलंकाली सरकारमा रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायतका मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया