तारकेश्वर नगरपालिकाका मेयर भन्छन् : बढेको कर फिर्ता गर्छु

 भदौ १३, २०७५ बुधबार १६:३३:२२ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता जनाउनु भएको छ । 

नगरपालिकाकाले कर बढाएर आफूहरुको ढाड भाँच्ने काम गरेको भन्दै स्थानीयबासिन्दाले नगरपालिकामा नै पुगेर विरोध जनाएपछि मेयर बोहोराले बढेको कर फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

नगरको विकासका लागि रकम जुटाउन नगरपालिकाले कर बढाएको स्वीकार गर्दै उहाँले सबैको सहयोग लिएर विकास निर्माणका काम अघि बढाउने बताउनुभयो । 

नेपाली कांग्रेस तारकेश्वर नगर कार्य समिति, तारकेश्वर नगरपालिका नागरिक समाज र बिभिन्न संघ संस्थाका प्रतिनिधिले आज नगरपालिकाको कार्यालयमा नै पुगेर विरोध जनाएका थिए । यसअघि पनि स्थानीयबासिन्दाले नगरपालिकाले सोचे अनुसारको काम नगरेको भन्दै मेयरलाई ज्ञापन पत्र बुझाएका थिए । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया