अमेरिकाकाे अलास्कामा ८.२ रेक्टर स्केलकाे भूकम्प, सुनामीकाे चेतावनी

 साउन १४, २०७८ बिहीबार १४:४३:२३ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ ।

जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अलास्का, अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अलास्काको पश्चिमी तटमा क्षति पुग्न सक्ने आँकलन पनि गरिएको छ । ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ ।   

भूकम्पमा अहिलेसम्म कुनै जनधनको क्षतिबारे थाहा भएको छैन ।  

यसअघि अलस्काकाे तलकीतना पर्वतीय क्षेत्रमा मे ३१ मा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । अलास्कामा प्रायः भूकम्पकाे महसुस गरिँदै आएकाे छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया