अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – साउदीले आइतबारदेखि पर्यटक भिसा वाहकलाई प्रवेश गर्न दिने भएको छ । साउदीको पर्यटन मन्त्रालयले त्यहाँको सरकारले मान्यता दिएका कोरोना विरुद्धको खोप लगाएका पर्यटकहरुलाई अगस्ट १ देखि प्रवेशको लागि अनुमति दिएकाे हो ।
साउदी सरकारले फाइजर, अस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोनसनका खोपलाई मान्यता दिएको छ । यी खोप लगाएका पर्यटकले मात्र साउदी प्रवेश गर्न पाउने छन् । साथमा नेगेटिभ पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ । यति भएमा त्यहाँको संस्थागत क्वरेण्टीनमा बस्नु नपर्ने त्यहाँको मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । सार्वजनिक स्थानमा जाँदा खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने छ ।
साउदीले पछिल्लो समय एसियाका भारत, पाकिस्तान, अफगानिस्तान, इण्डोनेसिया, भियतनाम, यूएई लगायतका देश तथा युराेपका केही देशबाट सिधै तथा ती देशमा ट्रान्जिट भएर साउदी प्रवेशमा रोक लगाएको छ । मन्त्रालयको सूचनामा भने प्रतिबन्ध लगाएका देशका पर्यटकलाई पनि प्रवेश गर्न दिने नदिने भन्ने खुलाइएको छैन ।
योसँगै लामो समयदेखि बन्द रहेको साउदीको पर्यटन क्षेत्र पुनः सामान्य रुपमा सञ्चालनमा आउने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।