अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – कोरोना महामारीको कारण गन्तव्य देशमा बेखर्ची भएर अलपत्र परेका झण्डै २ सय जनालाई वैदेशिक रोजगार बोर्डले सहयोग गरेको छ ।
कोरोना महामारीको कारण गन्तव्य देशमा बेखर्ची भएका, अलपत्र परेका झण्डै दुई सय जनालाई स्वदेश फिर्तीका लागि टिकट खर्च, क्वरेण्टीन, पीसीआर परीक्षण र घरसम्म जाने खर्च समेत उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
महामारीको समयमा सम्बन्धित देशमा रहेका नेपाली नियोगको सिफारिसको आधारमा वैदेशिक रोजगार कल्याणकारी कोष र विभिन्न विकास साझेदार र गैरसरकारी सङ्घसंस्थाको सहयोगमा श्रमिकलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।
‘नियोगले यो मानिस बेखर्ची हो भनेर सिफारिस गरेपछि कानुन अनुसार बोर्डको सचिवालय र मिल्दै नमिल्ने देखिएमा विकास साझेदार र गैरसरकारी संस्थासँग समन्वय गरेर भए पनि आवश्यक सहयोग उपलब्ध गराइएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।
कोरोना महामारीको कारण समस्यामा परेका श्रमिकको उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, विभाग, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घको समेत प्रतिनिधित्व भएको छुट्टै सरकारी समिति समेत बनाइएको छ ।
सरकारले कोरोना महामारीको बेलामा समस्यामा परेका र फर्किएर आफ्नै खर्चमा क्वरेण्टीनमा बस्न नसक्नेलाई क्वरेण्टीन खर्च उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।