बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आउँदो माघ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – साउदीले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरुमा थप कडाइ गरेको छ । अगस्ट एकदेखि साउदीले नयाँ मापदण्ड जारी गर्दै कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने जनाएको छ ।
सरकारी, निजी, तथा गैर लाभकारी संस्थामा कार्यरत कर्मचारीले कोरोना विरुद्धको खोप नलगाएसम्म बिदामा कटौती हुने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयले सबै रोजगारदाताहरुलाई आफ्ना कर्मचारीमा कोरोना प्रतिरक्षा ‘इम्युनिटी’को प्रमाण पनि पेस गर्न निर्देशन दिएको छ । त्वक्कलाना मोबाइल एपमा मन्त्रालयद्वारा स्वीकृत भएको इम्युनिटी प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
तर त्वक्कलाना एपबाटै भ्याक्सिनको पहुँच बाहिर राखिएकाहरुको हकमा भने यो नियम लागू नहुने मन्त्रालयको निर्णयलाई उदृत गर्दै अरब न्युजले लेखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।