अफगानिस्तानबाट १३४ जनाले भरे आफ्नो विवरण, यसरी दिनुहोस् आफ्नो खबर

 भदौ १, २०७८ मंगलबार १५:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानबाट हिजो बेलुकीसम्म १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ । रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो ।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइवर, ह्वाट्सएप मार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।

अफगानिस्तानमा रहेका नेपालीले https://nepalconsular.gov.np/ मा गएर आफ्नो विवरण भर्न सक्नेछन् । अफगानिस्तानमा रहेका नेपाली वा उनीहरूका परिवारका सदस्यले पनि यो वेबसाइटमार्फत विवरण टिपाउन सक्छन् । 

यस्तै मोबाइल नम्बर ९७४९३२६४५८ मा कन्सुलर सेवा विभागमा र ९७४९३२६४५९ मा परराष्ट्र मन्त्रालयमा फोन गरेर पनि आफ्नो अवस्थाबारे जानकारी गराइ विवरण टिपाउन सक्नेछन् ।

मंगलबार बिहान ११८ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना बिहान स्वदेश आइपुगेका हुन् । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया