अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – अफगानिस्तानमा तालिबानविरुद्धका प्रदर्शन दिनदिनै बढ्दै गएका छन् । अफगानिस्तानका विभिन्न सहरमा आज पनि देशको झण्डा लिएर प्रदर्शन गरिएको छ । आज राजधानी काबुल र पूर्वी सहर जलालावादमा पनि प्रदर्शन भएको छ ।
यस क्रममा गोली चलाइएको र केही व्यक्तिको ज्यान गएको समाचार सार्वजनिक भएका छन् तर पुष्टि हुन भने सकेको छैन ।
अफगानिस्तानले बेलायतबाट स्वतन्त्र भएको सम्झनामा स्वतन्त्रता दिवस मनाइरहेका दिन यो प्रदर्शन भएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएको राजधानी काबुलको एक भिडियोमा ठूलो सङ्ख्यामा मानिस उपस्थित भएर ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्दै नारा लगाएको देख्न सकिन्छ ।
प्रदर्शनमा महिला पनि सहभागी छन् । भिडियोमा एक महिलाले आफ्नो काँधमा झण्डा राखेको देख्न सकिन्छ ।
तालिबानले यसबारेमा अहिले केही पनि भनेको छैन ।
कुनार प्रान्तको राजधानी असदाबादमा एक र्यालीका क्रममा केही व्यक्तिको ज्यान गएको समाचार पनि आइरहेका छन् । तर गोली चलेको हो या भागदौड मच्चिँदा ज्यान गएको हो भन्नेबारेमा थाहा भइसकेको छैन ।
हिजो बुधवार पनि असदाबादका साथै जलालाबाद र खोस्त सहरमा मानिसहरूले अफगानिस्तानको झण्डा लिएर प्रदर्शन गरेका थिए । जलालाबादमा तालिबानले गोली चलाउँदा तीन प्रदर्शनकारीको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।