एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाडौं – भारतले सन् २०२० को अगस्टमा अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन गर्ने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको सम्मेलनमा सम्बोधनका क्रममा भारतले बुद्धिष्ट सम्मेलन गर्ने घोषणा गरेपछि भने अनेक टिप्पणी सुरु भएका छन् । बुद्ध नेपालमा जन्मिए पनि भारतले सम्मेलन गरेर अपनत्व लिन खोजेको भनेर सामाजिक सञ्जालमा टिप्पणी पनि आइरहेका छन् ।
तर सरकारले भने जुनसुकै देशले पनि बुद्धिष्ट सम्मेलन गर्न सक्ने र त्यसबाट नेपाल आत्तिनुपर्ने कुनै कारण नभएको जनाएको छ । बिमस्टेकमा भएका प्रगतिको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुद्ध नेपालमा जन्मिएको तर यो धर्म संसारभरको भएकाले जुन सुकै देशले पनि सम्मेलन गर्न पाउने बताउनुभयो ।
‘नेपालले पनि धेरै अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन गरेको छ, भोलिका दिनमा पनि यस्ता कार्यक्रम गर्छ, यस्ता कार्यक्रम अरुले देशले गर्दा हामीले आपत्ति जनाउनुपर्ने केही छैन’, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सबैलाई थाहा छ, भारतले पनि सम्मेलन गर्न पाउँछ, बुद्ध नेपालका मात्रै नभै संसारभरको सम्पदा हो, कसैले बुद्धिष्ट सम्मेलन गर्छ भने हामीले स्वागत गर्छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kapil Banjara
Aug. 31, 2018, 5:38 p.m.भरती शासक महाचतुर र घातक पनि भएकालेे शंका गर्नुपरेको हो ? मुखले ठिक्क बनाउने अनि ब्याबहारले छुरा रोप्ने गरेको भएकालेे हो !!!
Kamal gautam
Aug. 31, 2018, 5:33 p.m.पटक पटक एउटै कुरो आजसम्म पनि दोहारिनुको कारण के होला ? आखिरमा पहिला पनि यस्तै भएकोथियो नि ....बताईदिनुहोस न /
Dimpleson Nsk
Aug. 31, 2018, 4:52 p.m.यदि नेपालमा बिम्स्टेक भएको बेला भारतले आफुले अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन गर्न पाउनुपर्ने सहमतिको लागि नेपालले दिएको हो भनी त भोलिका दिनमा बुद्ध जन्मेको वास्तविक देशलाई बिश्वका भाबी पुस्ताले चिन्नु कल्पना मात्रै हुनेछ ?
Gita Aryal
Aug. 31, 2018, 4:19 p.m.बुद्ध नेपालमा जन्मेका हुन भन्ने विश्वलाई नै थाहा छ । भारत तथा अन्य देशहरूले बुद्ध सम्मेलन गर्दैमा उनीहरुको देशमा जन्मेको भन्ने हुदैन बुद्ध धर्म मान्नेहरु बिदेशमा पनि धेरै छन त्यसैले जुन सुकै बुद्ध धर्म मान्ने देशले यस्तो सम्मेलन गर्न पाउनु पर्छ र नेपालले यस्ता सम्मेलन लगायत अन्य कार्यक्रमहरु पनि अलि बढाउने हो कि ?
Bijay tamang
Aug. 31, 2018, 4:17 p.m.सधै भारत को चाकरी गर्ने नेपाल का यी नेता हरु अब भारत तिरै लागे भैगो त आफ्नो देस को स्वाभिमन बेच्ने भय मोदि को चाकरी गर्न लागे भैगो त कठै मेरो देस पू्र्खा को आसुले सराप्ला
pawan
Aug. 31, 2018, 4:13 p.m.Yes Buddha was born in Nepal.Many people around world knows it and there are some people who also thinks that Buddha was born in our neighbour nation. But the Buddhist summith being held in India really makes us think that mr modi is trying to create this misconception about Buddha's birth place .He also had stated that Buddha was born in his country in his speech before .So we clearly are aware of his nasty intensions. And our government should also promote Lumbini as much as possible.Visit year Nepal 2020 sholud empahsis in promoting palces like Lumbini.
santosh bhandari
Aug. 31, 2018, 4:08 p.m.भारतले बुदि्ष्ट सम्लेन गर्न पाँउछ तर बुद्द भारतमा जन्मेका हुन भनेर प्रचार ,प्रसार गर्न पाउँँदैैन ।
Prakash
Aug. 31, 2018, 4:07 p.m.भारत पनि बुद्ध को भुमी हो भारत ले सम्मेलन गर्दा के को पीर बुद्ध को जन्म पछी को सम्पुर्ण जीवन भारत म ननै बित्यो ज्ञान प्राप्त देखि मृत्यु सम्म/
गोप्य राख्न पर्दैन । रेसम राई
Aug. 31, 2018, 4:03 p.m.देश र जनता प्रती उतरदाइ नेत्रेत्यु गर्ने नेता भाय पो हर कुरा मा आफ्नो पकड र स्थाइत्वो राख्न सक्थेउ । जनताको आँखा मा छारो हाल्न कुरा मिलायर जे भन्दीय पनी भै हालो नी ।