एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
महोत्तरी - आठ महिने सोनालीको हत्याराको पक्राउ गरी कानुन अनुसार कारबाहीको माग गर्दै आज चौथो दिन महोत्तरीको औरही बजार बन्द रहेको छ ।
बजार र सडक बन्द भएपछि साप्ताहिक रुपमा शुक्रबार लाग्ने तरकारी बजार जंघानदीको छेउमा लागेको थियो ।
स्थानीय तरकारी बिक्री गर्नका लागि किसानहरुले जंघापुलको पश्चिमतर्फ गौशाला आउने सडकको छेउमा तरकारी बजार लागेको थियो । बाटोको दुइतर्फी बजार लागेपछि भिडबाट सर्वसधारणलाई ओहोरदोहोर गर्नमा समस्या भएको थियो ।
यता महोत्तरीको गौशालाका व्यापारीहरुले आज एक दिन स्वत:स्फूर्त रुपमा बजार बन्द गरेका हुन् । सम्पूर्ण व्यापारी व्यवसायीहरुले शुक्रवार एकदिनको लागि आ आफना पसल बन्द गरेका र सर्वसधारणहरुले साँझमा मैनवती बालेका छन् ।
शुक्रबार चौथौ दिन पनि सोनालीको हत्यारा खोज्नको लागि प्रहरीहरु जिल्लाको विभिन्न स्थानमा सञ्चलित रहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेस महोत्तरीले बालिकाप्रति श्रद्धान्जली अर्पण गर्दै हत्यारालाई चाँडैभन्दा चाँडै पक्राउ गर्नका लागि प्रहरीसमक्ष अनुरोध गरेका छन् ।
जिल्ला सभापति महेन्द्रकुमार रायले निकालेको प्रेस विज्ञप्तिमार्फत अपराधी पक्राउ गर्नका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गरिएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।