खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । कोलम्बोमा तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै श्रीलंकाले शृङ्खला २–१ ले जितेको हो ।
श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले सर्वाधिक ४७ रन जोडे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २/२ विकेट लिए । पहिलो खेलमा श्रीलंका १४ रनले विजयी भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले ६७ रनले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।