एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशले जितेको छ । आज भएको चौथो खेल ६ विकेटले जितेसँगै पाँच खेलको शृङ्खला बङ्गलादेशले एक खेलअघि नै तीन–एकले जितेको हो ।
आज ढाकाको शेर ए बङ्गला स्टेडियममा न्युजिल्याण्डले दिएको ९४ रनको लक्ष्य बङ्गलादेशले पाँच बल अगाडि मात्रै चार विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा मोहम्दुुल्लाहले सर्वाधिक ४३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९ ओभर ३ बलमा अलआउट भयो । उसका लागि विल योङले सर्वाधिक ४६ रन बनाए । बङ्गलादेशका लागि मुस्ताफिजुर रहमान र नसुम अहमदले ४/४ विकेट लिए ।
यसअघि अस्ट्रेलियासँग भएको शृङ्खला जितेको बङ्गलादेश राम्रो लयमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।