६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् ।
न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । असोजको पहिलो हप्ता सम्म नै यो वर्षको मनसुन रहने भएकाले अबको तीन दिन मनसुन कमजोर भए पनि फेरि पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रिएर ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना पनि रहने सक्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।