जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङले सात महिनापछि फोनमा कुराकानी गर्नुभएकाे छ ।
जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ । यही तनावको बीच दुई देशका राष्ट्रप्रमुखबीचको सम्वादलाई सकारात्मक ढंगले हेरिएको छ ।
अमेरिकाको हितमा हुने गरि विभिन्न क्षेत्रका रणनीतिक विषयमा छलफल भएको ह्वाइटहाउसको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै राष्ट्रपति बाइडेनले पनि दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवार ढंगले अगाडि लैजान यो सम्वाद महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।