कतारका विदेशमन्त्री अफगानिस्तानकाे भ्रमणमा

 भदौ २८, २०७८ सोमबार ११:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा जानु भएको छ । उहाँ अफगानिस्तानको राजधानी पुग्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानको कब्जामा आएपछि वरिष्ठ विदेशी प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको यो पहिलो पटक हो । कतारका विदेश मन्त्रीले तालिबानसँगै पूर्व राष्ट्रपति हामिद कारजाइ र पूर्व सीईओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेको तस्बिर सार्वजनिक भएको छ ।

तालिबानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको खबरमा उल्लेख छ । कतारले यसअघि अमेरिका र तालिबानबीच शान्तिवार्ताका लागि मध्यस्तकर्ताको भूमिका निभाएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया