अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि राष्ट्र सङ्घको अपिल

 भदौ २९, २०७८ मंगलबार ७:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो ।

राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबानसँग आह्वान गरेको छ ।

साथै अफगानिस्तानमा महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिसेल बाचेले तालिबानीहरूलाई महिला अधिकार र सम्मानको घोषणाबारे स्मरण गराउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया