प्रतिनिधि सभाको बैठक बस्दै : बजेट पास गर्ने सत्तारुढ दलको तयारी, एमालेको अडान कायमै

 भदौ २९, २०७८ मंगलबार ७:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ । एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ।

यस्तै आजको बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया