विनियोजन विधेयकमाथि छलफल प्रस्ताव पारित, संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

 भदौ २९, २०७८ मंगलबार १३:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एमालेकै अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा 'विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित' भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गर्नुभएको थियो ।

'बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस्' भन्ने प्रस्ताव पारित भएको हो । प्रस्ताव पारित गरेपछि संसद् बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ । सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।

एमालेकै विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट प्रस्तुत गरिसक्नुभएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया