इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण (नतिजासहित)

 भदौ ३०, २०७८ बुधबार ६:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा  परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको 'फिजिकल फिटनेस' जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक राेजगार विभागले जनाएकाे छ । 'फिजिकल फिटनेस' मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ ।

 

यो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आईडीमा उल्लेख गरिनेछ । त्यही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ । छनोट गरिएको नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी (पिआईबीए)लाई पठाइनेछ । त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया