नेपाली सेनामा विभिन्न २४ पदका लागि भर्ना खुल्याे(सूचनासहित)

 भदौ ३१, २०७८ बिहीबार १२:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जङ्गी अड्डाले आज सूचना निकालेर २४ पदका लागि चार सय ६४ जना माग गर्दै दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका छोराछोरीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित आवेदन दिने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया