महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
रसुवा - धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ । विद्युत् विस्तार गर्दा वातावरणमा असर पर्ने भन्दै निकुञ्जले अवरोध गरेको हो । तीन वर्ष अघि नेपाल विद्युत् प्राधिकरणले गोसाइँकुण्डमा विद्युत् लैजानका लागि टेण्डर गरेको थियो ।
टेण्डर भएपछि चन्दनबारीसम्म विद्युत् विस्तार गरिएको छ । निकुञ्जको अवरोधका कारण त्यहाँबाट माथि लैजान नसकिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । चन्दबारीदेखि गोसाइँकुण्डसम्म विद्युत् विस्तारका लागि आवश्यक सामग्री पुगिसकेकाले निकुञ्जले सहजीकरण गरेकोे खण्डमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम भण्डारीले बताउनुभयो।
‘विद्युत् विस्तार हुने क्षेत्रमा पोल तथा तार पुर्याउने काम सकिएको छ’, उहाँले भन्नुभयो, ‘निकुञ्जले काम गर्ने वातावरण बनायो भने यस पटक नै गोसाइँकुण्डमा बिजुली बल्छ ।’
आर्थिक वर्ष २०७५/७६ भित्र गोसाइँकुण्डमा विद्युत् विस्तार गरिसक्ने गरी काम सुरु गरिएको थियो । मिनी गोसाइँकुण्डदेखि गोसाइँकुण्डसम्म ११ केभीको लाइन निर्माण हुने छ । पहिलो चरणमा मिनी गोसाइँकुण्डदेखि चन्दनबारीसम्म पुर्याइने योजना थियो ।
प्राधिकरणले वातावरण तथा वन्यजन्तुलाई हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै पोलमा एबीसी केबल राखेको छ भने पोलमा समेत हरियो रङ्ग लगाउने योजना बनाएको छ । ‘यसअघि बजेट फिर्ता भएकाले काम अघि बढेमा नयाँ बजेट माग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘काम अघि बढाउन सकिएमा बजेट व्यवस्थापन गर्न सकिन्छ ।’
निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार निकुञ्जको कोर क्षेत्र परेकाले समस्या आएको हो । गोसाइँकुण्डसम्म विद्युत् सेवा नपुग्दा तीर्थयात्री तथा व्यवसायीलाई समस्या हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।