महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अघि नबढ्ने बताउनुभएको छ । काठमाण्डौको नयाँ बानेश्वरमा पार्टीको कार्यालय उद्घाटनपछि आज शुक्रवार अध्यक्ष नेपालले एमसीसीका बारेमा आफूहरूका सात सर्त रहेको बताउनुभयो ।
कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने सर्त मान्य नहुने, पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहने भएकाले यस विपरीत हुन नहुने, छिमेकीप्रति कुनै किसिमको आशङ्का हुने परिस्थिति स्वीकार्न नसक्ने, परियोजनाको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता हुनुपर्ने सर्त नेता नेपालले राख्नुभएको छ ।
यस्तै परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने र एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखापरीक्षकको अधिकार रहने सुनिश्चितता भएपछि मात्र एमसीसी स्वीकार हुने उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले एमसीसीलाई नै गठबन्धनमा फाटो ल्याउने हतियारका रूपमा प्रयोग गर्न खोजेको दाबी गर्दै त्यसमा आफूहरू सर्तक रहेको बताउनुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले एक हप्ताभित्रमा सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गर्दै उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।