डलरको भाउ घट्यो, युरो स्थिर
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – बङ्गलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्याहरूलाई प्रभावमा पारेर नेपाल ल्याउने तीन जना मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाण्डौमा कपडा बेच्दै हिँड्ने म्यानमारका नुरुल अमिन, काठमाण्डौको एक हार्डवेयर पसलमा काम गर्ने म्यानमारकै सोफिक अलाम र काठमाण्डौमा कपडा पसल गर्ने बङ्गलादेशका अज्मत उल्लाह रहेका छन् ।
उनीहरूले नेपालमा गएपछि मासिक भत्ता राम्रो पाइने, नेपालबाट अमेरिका जान परिचय पत्र पाइनेजस्ता प्रलोभन देखाएर एक व्यक्तिबाट दुई लाख ५० हजार बङ्गलादेशी रकम लिइ ओसारपसार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ ।
पक्राउ परेकाहरूले शरणार्थीलाई महिनामा पुरुषलाई प्रति–व्यक्ति पाँच हजार सात सय ५०, महिलालाई तीन हजार सात सय ५० र बालबालिकालाई दुई हजार सात सय ५० रुपैयाँ भत्ता सुविधा पाउने प्रलोभन देखाएका सीआईबीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।