एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायतका सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ ।
यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फिर्ता हुनुपर्ने छ ।
यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलगायतका राजदूतसमेत फिर्ता हुनेछन् । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो । त्याे निर्णयसमेत वर्तमान सरकारले फिर्ता गरिसकेको छ ।
राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।
राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।