कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त, दिउँसो २ बजे भित्र शपथ

 असोज ६, २०७८ बुधबार ११:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ । खड्काले आजै सपथग्रहण गर्ने तयारी भइरहेको छ ।

दिउँसो २ बजे भित्र उहाँलाई शपथ ग्रहण गराउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।  खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनु भएको थियो । खड्काले अर्थशास्त्रमा पीएचडी गर्नु भएको छ । उहाँ सकभर आजै बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका  जाने तयारी छ । आज नभ्याए भोलि बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सत्ता गठबन्धनका नेताहरुको हिजोको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, पार्टी भित्र छलफल नगरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । यस विषयमा आज कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुनेछ ।

बैठक बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।  क्रियाशील सदस्यता विवादले १३ जिल्लामा कांग्रेसको वडा तहको अधिवेशन प्रभावित भएको छ ।
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया