१ हजार ४ सय ७८ सङ्क्रमित थपिए, २४ घण्टामा १ लाख ५६ हजारभन्दा धेरै जनालाई खाेप लगाइयाे

 असोज ६, २०७८ बुधबार १६:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासहित कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या सात लाख ५५ हजार ६ सय ३० पुगेको छ । 

यही अवधिमा थप ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ । 

अहिले नेपालमा २१ हजार एक सय ३९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३४ जनाको आईसीयू र एक सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ५६ हजार १८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५७ लाख ५२ हजार आठ सय ५३ जनाले पूर्ण मात्रा र ६२ लाख ६२ हजार सात सय ८० जनाले एक मात्रा खोप लगाएका छन् । 

काठमाण्डाै उपत्यकामा ४० प्रतिशत खोप योग्य मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । अस्ति सोमवारसम्मको तथ्याङ्क विश्लेषण गर्दा काठमाण्डौमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशत मानिसले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सरकारले दशैँअघि ३३ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउने लक्ष्य लिएकोमा काठमाण्डौ उपत्यकामा लक्ष्य पूरा भइसकेको हो । वाग्मती प्रदेशमा २९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।  

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ditendr Tamang

    Sept. 22, 2021, 11:59 p.m.

    Hi good news

  •  0 Reply

तपाईको प्रतिक्रिया