आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि चहलपहल, छिटोभन्दा छिट...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेशिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । आज बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले डायलासिस मेशिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिकी सभापति जयपुरी घर्तीले नेपालका नागरिकमा इच्छाशक्तिको कमी भएकाले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम राख्नुपर्ने समितिले निर्णय गरेकाे बताउनुभयो । उहाँले छिटो भन्दा छिटो डायलासिस गर्ने, किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो ।
किड्नी फेल हुने समस्या नेपालीमा धेरै पाइएकाले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारका लागि विशेष अस्पताल बनाउन पनि सुझाव दिनुभयो ।
सभापति घर्तीले भन्नुभयो, ‘नेपालमा हाम्रो सबैभन्दा धेरै इच्छाशक्तिको कमी छ, त्यसलाई हामीले कसरी उजागर गर्ने, कसरी अघि बढाउने ? छलफल गर्न जरुरी छ । यसलाई जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया गरेर पनि आफूले गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्नुपर्ने आवश्यक्ता देख्छु । यसका लागि मन्त्रालयले केही गरोस्, डायलासिसकाे मेशिनहरू बढाउने कुराको योजना बनाउनुभएको छ, छिटो भन्दा छिटो डायलासिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरा चाँडो गरियोस् । क्यान्सर, औलोको उपचारका लागि विशेष अस्पताल बनेका छन्, किड्नी फेल हुने समस्या नेपालमा अलि धेरै बढी भएको छ, त्यसलाई मध्यनजर गर्दै शिक्षण अस्पतालकाे नजिकै क्यान्सर हस्पिटलको पाँच तले भवन बनाएको छ, त्यस्तै किड्नीसम्बन्धी पनि विशेष अस्पताल बनाएर अघि जाँदा राम्रो होला कि ? किड्नी फेल हुने कारण के हो भनेर अध्ययन गर्दा सुगरले धेरै समस्या पारेको छ, यसलाई कसरी रोक्ने भन्ने विशेष योजना बनाउनुपर्छ ।’
सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।