मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

 असोज ७, २०७८ बिहीबार ८:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई विश्वास गर्ने हो भने आज बिहीवार मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्ने हो ।

हिजो पार्टी स्थायी समिति बैठकमा प्रचण्डले बिहीवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभएको थियो । तर प्रचण्डले भनेजस्तो आज मन्त्रिपरिषद्ले पूर्णता पाउने कुनै सङ्केत देखिएको छैन। 

हिजो बेलुकी बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अरु दलहरुलाई मन्त्रीको सूची दिन भनेका थिए।

तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा टुङ्गो लागेपछि मात्रै नाम दिने बताउनुभयो भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम दिन नसकिने पुरानै अडान दोहोर्याउनुभएको छ ।

गठबन्धन दलहरुको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री देउवाले हिजो परराष्ट्रमन्त्रीमा आफू निकट नेता डाक्टर नारायण खड्कालाई नियुक्त गर्नुभएको छ । मन्त्री नियुक्त गर्दा एकलौटी गरेको भन्दै पार्टी भित्रैबाट देउवाको आलोचना भइरहेको छ । 

कांग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीलाई पाँच मन्त्री र एक राज्यमन्त्री, जसपालाई चार मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमतिको प्रयास भइरहे पनि अझै कुरा मिलिसकेको छैन । 

देउवा प्रधानमन्त्री बनेको आज ७३ दिन पूरा भएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया